Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • भिसा सकिएर पनि नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ

    भिसा सकिएर पनि नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० चैत्र २०८०
  • 243
    SHARES

    काठमाडौं । गैरकानुनी तवरले नेपालमा बसिरहेका तीन बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले गएको बुधबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।



    पक्राउ पर्नेमा २७ वर्षीय राना अहमद, २४ वर्षीय रोकिब हुसेन र ३० वर्षीय सुमन शाजहान छन् ।



    उनीहरू भिसा अवधि सकिएपछि पनि गैरकानुनी रूपमा बसिरहेका थिए ।

    ठमेल क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका निम्ति अध्यागमन विभागमा पठाइएको छ । यसअघि पनि पाँच बंगलादेशी नागरिक पक्राउ परेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार