Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक

काठमाडौं । सुरज सुनुवार निर्देशित फिल्म ‘खजुरे ब्रो’को टिजर सार्वजनिक भएको छ।

टिजरमा साथी साथीको सम्बन्धसँंगै, माया प्रेमको दृश्यहरु र खजुरेको संघर्षलाई देखाउन खोजिएको छ ।

टिजरमा फिल्मका मुख्य कलाकार रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर देखिएका छन् ।

वैशाख २८ गतेदेखि रिलिजमा आउने फिल्मले धरान र आसपासका क्षेत्रमा चर्चित रहेका खजुरे पात्रको कथा पेस गर्छ ।

जुन पात्रको केही वर्ष अगाडि मृत्यु भइसकेको छ । ‘खजुरे ब्रो’मा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, शान्तिला तामाङ, पवन लिम्बु, दीप चन्द्र राईलगायत कलाकारको अभिनय छ ।

कलाकार नविन मानन्धर तथा निर्देशक सुनुवारको संयूक्त निर्माण रहेको फिल्ममा सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता छन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077