Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - देशमा केही भएकै छैन भन्ने भाष्य निर्माण गर्न खोजियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा केही भएको छैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताएका छन्।

शनिबार काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाद्वारा सञ्चालिन नगर अस्पतालको उद्‍घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले कही मान्छेहरूमा उत्ताउलापन देखिन थालेको भन्दै संविधानको दायराभित्र आएर आाफ्नो माग प्रस्तुत गर्न विभिन्न समूहहरूलाई आग्रह गरे।

राजतन्त्रका समयमा जनताको अधिकार खोसिए पनि अहिले गणतन्त्रमा नागरिकको अधिकार सुरक्षित रहेकाले अधिकारभित्र रहेर समस्याको हल गर्न सकिने उनको भनाइ छ।

उनले अहिले संवैधानिक बाटो र लोकतान्त्रिक विधिबाट माग पूरा गर्न कतै प्रतिबन्धित नरहेको जिकिर गरे।

ओलीले संविधान, परिवर्तन र जनताको सवोच्चता नै नमान्नेले एउटा माली चाहियो भन्दैमा देशले माली वा कुनै परिवारलाई स्थापना नगर्ने स्पष्ट पारे।

उनले सामाजिक न्याय-समानता र त्यसबाटोबाट सामाजिक सद्भावका साथै राष्ट्रिय एकता बलियो बनाउदै मुलुकलाई समृद्ध मुलुक बनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077