Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कांग्रेस महामन्त्री थापाले शुरू गरे तेस्रो चरणको संवाद यात्रा

    कांग्रेस महामन्त्री थापाले शुरू गरे तेस्रो चरणको संवाद यात्रा

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 306
    SHARES

    नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाँकेको नेपालगञ्जबाट समुदायमा कांग्रेस कार्यक्रमअन्तर्गत तेस्रो चरणको संवाद यात्रा शुरू गरेका छन् ।

    शनिवार नेपालगञ्जबाट शुरू भएको संवाद यात्रा वैशाख ४ गते कञ्चनपुर गएको टुंगिने छ । शनिवार नेपालगञ्ज पुगेका थापाले त्यहाँ कांग्रेसका नेता–कार्यकर्तासँग नयाँ वर्षको शुभकामना साटासाट गरेका थिए ।



    महामन्त्री थापाले गत चैत १५ मा दोस्रो चरणको संवाद यात्रा शुरू गरेका थिए ।



    नवलपरासीको गौरीगञ्ज चोकमा रहेको कांग्रेस संस्थापक नेता बीपी कोइरालाको प्रतिमामा माल्यार्पण गरेर उनले दोस्रो चरणको संवाद यात्रा शुरू गरेका थिए ।

    यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरू भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो ।

    यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरूको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने महामन्त्री थापाको योजना रहेको उनको सचिवालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार