Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • किन अमेरिका उडे कांग्रेस महामन्त्री थापा ?

    किन अमेरिका उडे कांग्रेस महामन्त्री थापा ?

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 426
    SHARES

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा अमेरिका उडेका छन् ।

    इलाम २ मा हुने उपनिर्वाचनको प्रचारप्रसारबाट फर्किएलगत्तै महामन्त्री थापा अमेरिका प्रस्थान गरेका हुन् ।



    यसअघि नै थापाको परिवार अमेरिका पुगिसकेको छ । अमेरिकामा महामन्त्री थापा पारिवारिक घुमघाम र जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन लागेका हुन् ।



    सोमबार महामन्त्री थापाले नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै छन्।

    महामन्त्री थापाले मिन्नेसोटा र क्यालिफोर्नियामा पारिवारिक भेटघाट गर्ने बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार