Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • ३० सिटे दलले तर्साउने खेल बन्द गर्न एमाले र कांग्रेस सहकार्य गरौं : महामन्त्री थापा

    ३० सिटे दलले तर्साउने खेल बन्द गर्न एमाले र कांग्रेस सहकार्य गरौं : महामन्त्री थापा

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 372
    SHARES

    बाँके । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशलाई राजनीतिक स्थायित्वका लागि नेकपा एमालेसँग सम्वादका लागि प्रस्ताव गरेका छन् ।

    पूर्व–पश्चिम संवाद यात्राका क्रममा बाँकेको खजुरामा आयोजित सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।



    महामन्त्री थापाले संवाद भन्ने बित्तिकै सरकार परिवर्तनको कुरा नबुझ्न आग्रह गरे । उनले निर्वाचन प्रणाली सुधारका लागि एमालेसँग सहकार्यको प्रस्ताव गरे।



    महामन्त्री थापाले भने,‘कांग्रेसले गरेको जस्तै एमालेलाई पनि निर्वाचन अगाडि गठबन्धन नगर्ने निर्णयमा पुग्ने अवस्थामा पुर्‍याऔं । सकिन्छ भने संविधान बदलौं, नभए कानून बदलौं । राजनीतिक दलसम्बन्धी कानून संशोधनको चरणमा रहेको समयमा कांग्रेस र एमाले मिल्यौ भने चुनाव अघि पसर खोलेर धन्दा चलाउने । २०–३० सिटेले कहिले कांग्रेस कहिले एमालेलाई तर्साउने खेललाई सधैंलाई बन्द गरौं।’

    चुनाव अघि गठबन्धन नगर्ने निर्णयमा एमालेलाई सहमत गराउन सके ३० सिटको दलले कहिले कांग्रेस र कहिले एमालेलाई तर्साउने खेल सधैंका लागि अन्त्य हुने महामन्त्री थापाले दाबी गरे।

    महामन्त्री थापाले २०८२ सालमा महाधिवेशन गरेर कांग्रेसलाई सशक्त बनाउन तलैदेखि दबाब सृजना गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार