Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वर्तमान गठबन्धन आउँदो माघसम्म पनि नटिक्ने कांग्रेस महामन्त्री थापाको दाबी

    वर्तमान गठबन्धन आउँदो माघसम्म पनि नटिक्ने कांग्रेस महामन्त्री थापाको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 252
    SHARES

    इलाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किनसक्ने दाबी गरेका छन्।

    इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले अहिलेको सत्ता गठबन्धन निर्माणबाट पनि चुनावअघिको गठबन्धन बेइमानी हो भन्ने पुष्टि हुने बताए।



    महामन्त्री थापाले भने,‘म कसम खाएर भन्दिनँ, तर म दाबी गरेर इलामेली जनताको अघि भन्नसक्छु, २०८१ सालको वैशाख ८ गते हो आज । अहिले बनेको गठबन्धनले २०८१ सालको माघ कटाएछ भने तपाईहरुको बीचमा फेरि जवाफ दिन आउनेछु । मैले केवल यो सन्दर्भमा रहेर मात्रै भनेको।’



    महामन्त्री थापाले चुनावअघि गर्ने गठबन्धनलाई अब बिदाई गर्ने बेला आएको बताए । चुनावअघिको गबठन्धनले देशको राजनीतिलाई विकृत बनाएको उनको भनाइ छ।

    महामन्त्री थापाले चुनावअघिको गठबन्धनलाई अब बिदा गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार