Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अरूको नागरिकता प्रयोग गरेर ६० लाखभन्दा बढीको ठगी, सन्जुसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको नागरिकता प्रयोग गरी सामाजिक सञ्जालमार्फत ठगी गर्ने ३ जनालाई पक्राउ​ गरेको छ ।

पक्राउ पर्नेमा झापाको अर्जुनधारा-९ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, बुद्धशान्ति-२ का निश्चल पोर्तेल र माई नगरपालिका-५ इलामका धनबहादुर विक रहेका छन् ।

सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैंकमा खाता खोलेर कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनले ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । उजुरी अझै बढ्न सक्ने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेकी थिइन् ।

उनले विगत २ वर्षदेखि ठगी गरिरहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077