Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रास्वपाको अस्तित्वलाई कांग्रेसले स्वीकार गर्न सकेन : सन्तोष परियार

काडमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले रास्वपा सरकारमा गएकै कारण कांग्रेसले सदन अवरुद्ध गरेको आरोप लगाएका छन्।

संसद भवन नयाँ बानेश्वरमा बोल्दै प्रमुख सचेतक परियारले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको अफर गरेको पार्टी सरकारमा गएकाले प्रतिशोध साध्न कांग्रेसले संसद अवरुद्ध गरेको टिप्पणी गरे।

प्रमुख सचेतक परियारले कांग्रेसले राजनीतिक कारण नभई व्यक्ति र जनमत प्राप्त रास्वपाको अस्तित्वलाई स्वीकार गर्न नसकेको जिकिर गरे ।

सदनको गतिरोध अन्त्यका लागि धेरै पटक छलफल,सम्वाद गरेपनि कांग्रेसले अडान नछाडेपछि अहिलेको अवस्था आएको उनको भनाइ छ।

प्रमुख सचेतक परियारले कांग्रेसको विरोधका कारण सरकार भागेको नभई समयमा नै बजेट ल्याउनका लागि र सदनको काम कारवाही प्रभावकारी बनाउनका लागि चालु अधिवेशन अन्त्य गरेको धारणा राखे।

उनले बजेट अधिवेशनसम्म सबै कुरा छर्लङ्ग हुने दावी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077