Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नेप्सेमा २.३५ अंकको गिरावट, ३ अर्ब ६ करोडको कारोबार

काठमाडौं । नयाँ वर्षको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से झिनो अंकले घटेको छ ।

नेप्से परिसूचक २.३५ अंकले घटेर २०२३.३५ विन्दुमा कायम भएको छ।

यसदिन ३२० स्क्रिप्सको ७७ लाख ९५ हजार ३३ कित्ता सेयर ३ अर्ब ६ करोड ३७ लाख ७२ हजार ६५२ रुपैयाँमा खरिदबिक्री भए।

सामान्य अंकले घटेको बजारमा एउटा मात्रै कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो। यसैगरी एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको ९.७२,डोल्ती पावरको ९.३५,राप्ती हाइड्रोको ९.२३ र मिथिला लघुवित्त वित्तीयको ८.७० प्रतिशतले सेयर मूल्य बढ्यो।

यसदिन गुराँस लघुवित्त वित्तीयका लगानीकर्ताले गुमाए। सो कम्पनीको १० प्रतिशतले सेयर मूल्य घट्यो। कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड ४७ लाख ८९ हजार ७४५ रुपैयाँको सेयर खरिदबिक्री भयो।

पोखरा फाइनान्सको ११ करोडको सेयर कारोबार हुँदा नगदी ग्रुपको १० करोड, सूर्यज्योति लाइफ इन्स्योरेन्सको ८ करोड र हिमालयन रिइन्स्योरेन्सको ७ करोड बढि मूल्यको सेयर कारोबार भयो।

चार समूहबाहेक अन्य समूहका उपसूचक नकारात्मक देखिएका छन्। कारोबारमा आएका स्क्रिप्समध्ये १२७ वटाको मूल्य बढ्दा १०८ वटाको घट्यो भने १० वटाको मूल्य स्थिर रह्यो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077