Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बेटिङ कम्पनी ‘वानएक्स बेट’ मा ५७ करोड बढीको कारोबार, सर्लाहीबाट तीन जना पक्राउ

काठमाडौं । अनलाइन बेटिङ प्लेटफर्म वानएक्स बेटकारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह र १९ वर्षीय रामजी साह तथा मलंगवा नगरपालिका–१० का ३० वर्षीय राकेश चौधरी रहेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्लाहीका विभिन्न ठाउँबाट चैत २९ गते प्रकाउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, दुई थान ल्यापटप, एक थान सीपीयू र नगद ६२ हजार बरामद गरेको छ ।

यसैगरी विभिन्न सहकारीको पासबुक ११ थान, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरू 'वानएक्स बेट'मार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने, क्रिप्टो करेन्सीको कारोबार गर्ने कार्यमा संलग्न थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोलेर ९८ वटा बैंकका खाताहरू लिङ्क गरेर अहिलेसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान एवं कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077