Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २५ सय सहभागी हुने

काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा करिब २५ सय सहभागी हुने भएका छन् ।

बैठकमा दुई हजार १५३ महाधिवेशन प्रतिनिधि, महाधिवेशनपछि थपिएका केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार परिषद्, पार्टीको निर्वाचन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी गरी २५ सय सहभागी हुन लागेका हुन् ।

परिषद्को बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा बिहान ११ बजे बस्नेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077