Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको एमालेको निष्कर्ष

काठमाडौँ । सत्तारुढ नेकपा एमालेले सरकारका प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेको छ ।

पार्टी मुख्यालय च्यासलमा आइतबार अपराह्न बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले सरकारको प्रारम्भिक कामकारबाही सकारात्मक रहेको निष्कर्ष निकालेका हुन् ।

बैठकले जनतामा अझ विश्वास जगाउने गरी काम गर्न पनि सरकारलाई सुझाव दिइएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

उनले अहिलेको निराशालाई चिर्दै देशलाई बनाउन सकिन्छ भन्ने विश्वास जगाउने गरी सरकारलाई अगाडि बढाउने कुरामा एमाले केन्द्रित रहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077