Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै झुलाघाट नाका मंगलवारदेखि बन्द हुने

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलवारदेखि बन्द हुने भएको छ।

भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको हो ।

अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाको निर्वाचन हुँदै छ।

उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

उक्त अवधिमा सीमा नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ । सुरक्षा सम्वेदनशीलताका कारण नाका बन्द हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077