Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै झुलाघाट नाका मंगलवारदेखि बन्द हुने

    लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै झुलाघाट नाका मंगलवारदेखि बन्द हुने

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 342
    SHARES

    बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका मंगलवारदेखि बन्द हुने भएको छ।

    भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सीमानाका बन्द गरिन लागिएको हो ।



    अप्रिल १९ तारिख (वैशाख ७ गते) उत्तराखण्ड राज्यमा लोकसभाको निर्वाचन हुँदै छ।



    उक्त निर्वाचनलाई मध्यनजर गर्दै वैशाख ४ गते साँझ ७ बजेदेखि वैशाख ७ गते साँझ ७ बजेसम्म झुलाघाट नाका बन्द रहने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

    उक्त अवधिमा सीमा नाकामा आवतजावत पूर्ण रुपमा बन्द गरिनेछ । सुरक्षा सम्वेदनशीलताका कारण नाका बन्द हुन लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार