Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • ​झुलाघाट नाका पूर्णरूपमा खुल्यो

    ​झुलाघाट नाका पूर्णरूपमा खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, १ कार्तिक २०८०
  • 399
    SHARES

    बैतडी । बैतडीस्थित भारतसँग सीमा जोडिएको झुलाघाट नाका पूर्णरूपमा खुला भएको छ।

    झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुंगे पुल मर्मत कार्य सम्पन्न भइसकेकाले बुधबादेखि पूर्ण रुपमा आवागमन सुचारु भएको हो ।



    जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार नाका ​पूर्णरूपमा खुलेसँगै भएसँगै अब बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म आवागमन हुनेछ।



    यसअघि पुल मर्मतको कामका लागि बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि दिउँसो ४ बजेर १५ मिनेटसम्म पुलमा आवागमन बन्द हुने गरेको थियो ।

    नाका पूर्णरूपमा खुलेसँगै दशैँको समयमा बैतडीका शक्तिपीठमा दर्शनका लागि आउने भारतीय दर्शनार्थीलाई समेत सहज भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार