Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • झुलाघाट नाका आंशिकरुपमा सञ्चालन

    झुलाघाट नाका आंशिकरुपमा सञ्चालन

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 603
    SHARES

    बैतडी । भारतीय सीमानाका झुलाघाट अझै पूर्णरूपमा सञ्चालनमा आएको छैन ।

    जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै आवतजावत भइरहेको हो ।



    पुल मर्मतका लागि ४५ दिनको ठेक्का दिइएकाले अझै केही दिन आंशिकरूपमै आवतजावत हुनेछ । पुल मर्मत भइरहेकाले बिहान ८ बजेर ४५ मिनेटदेखि दिउँसो १ बजेर १५ मिनेटसम्म र दिउँसो २ बजेर १५ मिनेटदेखि अपरह्न ४ बजेर १५ मिनेटसम्म आवागमन बन्द हुने गरेको छ ।



    झुलाघाट पुलमा आंशिकरुपमा मात्रै आवतजावत भइरहेकाले दसैँका लागि यो नाका भएर घर फर्कनेलाई केही समस्या भएको बताइएको छ । तोकिएको समयमा मात्रै आवतजावत गर्न पाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार