Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु

धनगढी । कैलालीमा ट्याक्टरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ।

लम्कीचहुा नगरपालिका–३ व्यवस्थितनगरका केशरबहादुर रावलको मृत्यु भएको हो।

सोही ठाउँको भित्रि सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको से २ त ६४० नम्बरको ट्याक्टरले रावललाई आइतबार ठक्कर दिएको थियो।

उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनापछि ट्याक्टर र ट्याक्टर चालक जानकी गाउँपालिका–५ बस्ने ३० वर्षीय राजाराम चौधरीलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077