Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

वामपन्थी भन्दै कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता हुँदैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले वामपन्थी एकताको संम्भावना नरहेको बताएका छन् ।

एमाले संसदीय दलको सोमबार बसेको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

उनले वामपन्थी भनेर कांग्रेसलाई भोट हाल्नेहरूसँग एकता गरेर पार्टी नहुने बताए । आवश्यक परेको बेलामा राष्ट्रिय शक्तिसँग मात्रै एकता गर्ने अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीले भने, ‘कतिपय नक्कली कुरा गर्नेहरू छन्, कम्युनिष्ट र वामपन्थी आन्दोलनलाई एकताबद्ध बनाउनु हाम्रो काम र कर्तव्य हो हामीले बुझेका छौँ। त्यही बुझेर नै पार्टीलाई दुई तिहाइको अवस्थामा पुर्‍याएका थियौँ । विस्तार हुँदै एकता एकीकरणबाट, त्यसलाई तोडेर आन्दोलन कमजोर भयो। हामीले तोडेको होइन, हामीले जोड्ने मात्रै काम गर्यौ। जोगाउने प्रयास गर्‍यौँ ।’

वामपन्थी भन्ने, भोट चाहिँ कांग्रेसलाई हाल्नेहरुसँग एकता गरेर पार्टी बलियो नहुने बताए ।

अहिले पनि राष्ट्रिय शक्तिहरू मिलेर सुशासन र समृद्धिको बाटोतर्फ अगाडि बढ्नुको विकल्प नभएको बताए।

अध्यक्ष ओलीले कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने काम आफूहरुको भएको बुझेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077