Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग ‘ब्रेक थ्रु’

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 261
    SHARES

    काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरूङमार्ग ‘ब्रेक थ्रु’ भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो ।



    सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ ।



    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए ।

    ४२ महिनाभित्र काम सक्ने भन्दै यसको शिलान्यास भएको थियो ।

    कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमै काम सक्न गाह्रो भएको आयोजनाले जनाएको छ ।

    सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार