Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुँदै

    नागढुङ्गा–नौविसे सुरुङको ‘रेस्क्यू टनेल’ आज ‘ब्रेक थ्रू’ हुँदै

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नागढुंगा–नौबिसे सुरुङमार्गको ‘रेस्क्यू सुरुङ (उद्धार सुरुङ) को आज सोमवार ‘ब्रेक थ्रू’ हुँदैछ ।

    विक्रम संवत् २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’को सोमवार खनिसकिने छ ।



    सोमवार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रू’ हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख डा. विजय जैसीले बताए ।



    साढे २ किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौबिसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८ प्रतिशत मात्र बाँकी रहेको छ । २ दशमलव ६ किलोमिटर लम्बाइ रहेको मुख्य सुरुङको ५०६ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार