Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने

    नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गाडी गुड्न अझै एक वर्ष लाग्ने

    अनलाइन नेपाल
  • सोमबार, ३ बैशाख २०८१
  • 303
    SHARES

    काठमाडौं । नागढुंगा–नौबिसे सुरूङ मार्गको मुख्य सुरूङ सोमबार छिचोलिएको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युतीय स्वीच थिचेर ब्लास्टिङ गरी सुरूङ ब्रेक थ्रु गरिएको हो।



    जापानी संस्कृति र नेपाली पक्षले हिन्दू परम्पराअनुसार सोमबार विशेष पूजा गरेर मुख्य सुरूङको ब्रेक थ्रु गरिएको थियो ।



    सुरुङमार्ग वारपार भइसके पनि सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

    सुरुङमार्ग दुई हजार ६८८ मिटर लामो रहेको छ । यस सुरुङमार्गमार्फत् काठमाडौंको बलम्बुबाट करिब तीन मिनेटमै धादिङको सिस्नेखोला पुग्न सकिनेछ ।

    २ हजार ६ सय ८८ लम्बाइको सुरूङमध्ये दुई मिटर खन्न बाँकी थियो। सोमबार दुई मिटर सुरूङ खनेर ब्रेक थ्रु गरिएको छ।

    गत वर्ष फागुनमै सुरूङ खनिसक्ने योजना थियो। तर स्थानीय बासिन्दाले विभिन्न माग राखेर अवरोध गरेपछि केही समय धकेलिएको थियो।

    सुरूङमार्ग हुँदै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार