Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्षमा खतिवडा

काठमाडौं । गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा श्रीकान्त खतिवडा नियुक्त भएका छन् ।

एमालेनिकट खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।

मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुन: सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् ।

सरकार फेरबदल हुँदा अधिकारी चौथोपटक सदस्य नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077