Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

खेलकुद मैदान निर्माणमा ९ लाख भ्रष्टाचार, सामाजिक विकास कार्यालयका प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले डोल्पाको सामाजिक विकास कार्यालयका तत्कालीन प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँच जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुले ठूलीभेरी नगरपालिका-३ दुनै, डोल्पामा खेलकुद मैदान निर्माणको लागि कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख आचार्य,सबइन्जिनियर मोतीप्रसाद बुढा र डीपीआर सम्पन्न भएको जिल्लास्थित कभर्डहल तथा खेलमैदान निर्माण उपभोक्ता समिति दुनै डोल्पाका अध्यक्ष अभिषेक शाही,सचिव अपार गुरूङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो।

ठूलीभेरी नगरपालिका ३ दुनै,डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा २०७६/०७७ मा लागत अनुमान र सम्झौता उल्लिखित कामभन्दा फिल्डमा भएको कामभन्दा बढी ९ लाख ९३ हजार ९ सय ४० रुपैयाँ बराबरको झुट्टा बिल भरपाइ बनाइ गैरकानुनी लाभ र हानी पुर्‍याउने बदनियतले भुक्तानी दिनेर लिने काम गरी भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले सामाजिक विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख आचार्यसहित पाँचजनाविरुद्ध मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।

उनीहरूविरुद्ध ९ लाख ९३ हजार ९४० रुपैयाँ बिगो र जरिवाना माग दावी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077