Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौंका १४२ वटा ड्राइभिङ सेन्टरमा प्रहरीले हान्यो छापा

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उपत्यकाका १४२ वटा ड्राइभिङ सेन्टरमा छापा मारेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेर ट्रायल सेन्टरमा प्रयोग गरिएका सवारी साधनका शंकास्पद कागजात बरामद गरेको हो ।

ब्लुबुक नभएका, नवीकरण नगरेका सवारी साधन प्रयोग गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।

यसरी छापा मार्दा सवारी साधनहरूको कागजपत्र नभेटिएको, पाँच वर्षभन्दा बढी समय नवीकरण नगरेको समेत फेला परेको प्रहरी स्रोतले बतायो ।

छापा मार्ने क्रममा प्रहरीले २१ वटा गाडी, २० वटा मोटरसाइकल र २७ वटा स्कुटर कारबाहीका लागि यातायात व्यवस्था विभागमा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077