Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आचारसंहिता विपरीतका कार्य भए तत्काल कारबाही गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको आचारसंहिताविपरीतका कार्य भए तत्काल कारबाही गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी प्राप्त भएमा स्पष्टीकरण माग गरिने बताएका हुन् ।

आचारसंहिता उल्लंघन गर्नेलाई तत्कालै रोक्न आदेश दिने र कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिइने विज्ञप्तिमार्फत जनाएका छन् ।

“सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनसम्बन्धी कुनै सूचना वा जानकारी कुनै माध्यमबाट प्राप्त भएमा स्पष्टीकरण माग गर्ने, उक्त कार्य तत्कालै रोक्न आदेश दिने तथा आचारसंहिता उल्लंघनकर्तालाई आवश्यक कारबाहीका लागि आयोगसमक्ष सिफारिस गर्न निर्वाचन आयोगमा एक सामाजिक सञ्जाल अनुगमन इकाइ गठन गरी जिम्मेवारी दिने,” विज्ञप्तिमा भनिएको छ ।

उल्लंघन गर्नेलाई तत्काल आवश्यक कारबाही गर्न सम्बन्धित जिल्लाको मुख्य निर्वाचन अधिकृत संयोजक रहेको जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077