Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले गरेको आक्रमणमा अहिलेसम्म झण्डै ३७ हजार जना बेपत्ता

एजेन्सी । रूसले युक्रेनमा आक्रमण सुरु गरेयता सैनिकसहित झण्डै ३७ हजार व्यक्ति ‘बेपत्ता’ रहेका दाबी गरिएको छ ।

रूसी सेना अझै पनि युक्रेनको पाँच भागको एक भागमा उपस्थित रहेकोले बेपत्ताको यकिन सङ्ख्या पुष्टि गर्न निक्कै कठिन रहेको युक्रेनको दाबी छ ।

तर बालबालिका, सर्वसाधारण र सेना गरी झण्डै ३७ हजार जना बेपत्ता भएका र यो सङ्ख्या अझै धेरै हुन सक्ने युक्रेनका मानव अधिकार आयुक्त दिमित्रो लुबिनेट्सले बताए ।

मानव अधिकारवादी समूहले रूसले कब्जा गरेको क्षेत्रमा बालबालिकालाई जबर्जस्ती बेपत्ता पारेको र अपहरण गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077