Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सहकारीसम्बन्धी छानबिन समिति बनाउन रास्वपा नेता कार्कीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य गणेश कार्कीले सहकारीसम्बन्धी छानबिन गर्न समिति बनाउनु पर्ने बताएका छन्।

आज बिहान फेसबुकमा एक पोस्ट लेख्दै कार्कीले छानबिन समिति बनाएर यो विषय टुंग्याउन अनुरोध गरेका हुन्।

सहकारीको साना–साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई आफूहरूले सभापति नबनाएको तर्क कार्कीले गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सहकारीको साना-साना चिर्कटो देखाएर तर्साउन सकिने मान्छेलाई हामीले सभापति बनाएका छैनौँ । प्रश्नबाट भाग्ने र प्रश्नलाई नै बन्द गर्ने कायर र निरंकुश हाम्रो नेतृत्व होइन। संसदीय छानविन भन्छन् कि उच्चस्तरिय अनुसन्धान आयोग बनाउने भन्छन् कि बैंक खाता हेर्छौँ भन्छन् कि के बनाउँ भन्छन्, बनाइदिउँ, देखाइदिउँ। जस्तो कसिमा जाँचिनु पर्ने हो, जाँचिन तयार हौँ। तर यो कुरा सकिदिउँ।’

संसदीय छानबिन समितिको विषय विगतमा आफूहरूले नै उठाउँदै आएको कार्कीको भनाइ छ। संसदीय छानबिनको असल कुरालाई अर्को दलले उठाउँदा त्यो आफूहरूकोविरूद्धमा जस्तो भएको भन्दै त्यो भ्रामक भएको बताएका छन्।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छानबिन समिति गठन गर्नुपर्ने मागसहित संसद अवरुद्ध गरिरहेको छ। तर, सत्तारुढ दलका नेता भने छानबिन समिति नबनाउने भन्दै रविको बचाउमा लागेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077