Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसी टी-२० वरीयतामा दीपेन्द्रको फड्को, अलराउन्डरतर्फ ११ औँ स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आईसीसी टी-२० वरीयतामा छलाङ मारेका छन्।

दीपेन्द्र टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा ११औं स्थानमा पुगेका हुन्। यसअघि उनी २५ औँ स्थानमा थिए ।

यस्तै दीपेन्द्रले टी-२० को ब्याट्सम्यानको वरीयतामा पनि फड्को मारेका छन्। उनी ब्याट्सम्यानको वरीयतामा १६ स्थान माथि उक्लिदै ६१औं स्थानमा पुगेका छ्न्।

ओमानमा भइरहेको एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगितामा दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। गत शनिबार कतारविरूद्धको खेलमा दीपेन्द्रले कीर्तिमानी प्रदर्शन गरेका थिए।

कतारका कमरान खानविरूद्ध २०औं ओभरको ६ बलमै ६ छक्का प्रहार गर्दै कीर्तिमानी प्रदर्शन गरेका थिए। नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने दीपेन्द्र पहिलो नेपाली खेलाडी बने।

अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने पाँचौ र टी-२० मा तेस्रो खेलाडी बने। टी-२० अन्तर्राष्ट्रिय खेलमा भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरोन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077