Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीको राजीनामा माग्दै नेविसंघले गर्‍यो मसाल जुलुससहित प्रदर्शन

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघले मसाल जुलुस निकालेको छ ।

सहकारी प्रकरणको छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै बुधबार साँझ नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा उनीहरूले लामिछानेको पुतला दहनसमेत गरेका थिए ।

उनीहरूले 'गृहमन्त्री राजीनामा दे, सहकारी ठगीको अनुसन्धान गर' सहितका नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077