Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरीका आईजीपी कुँवरले दिए दीपेन्द्रलाई बधाई

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीलाई नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले बधाई दिएका छन् ।

आईजीपी कुवँरले दीपेन्द्रलाई आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ ११औं स्थानमा उक्लिएकोमा बुधवार बधाई दिएका हुन् ।

दीपेन्द्र नेपाल प्रहरीको क्रिकेट टोेलीका खेलाडी पनि हुन् ।

‘मेन्स आईसीसी टी–२० को अलराउन्डर वरीयतामा विश्वको ११ औँ र एसोसिएट राष्ट्रका नम्बर एक अलराउन्डर बन्न सफल नेपाल प्रहरीका क्रिकेट खेलाडी दीपेन्द्रलाई हार्दिक बधाई,’ उनले सामाजिक सञ्जालमार्फत् दिइएको बधाई पुस्तिकामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077