Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

मन्त्रीको निर्णयविरुद्ध शिक्षक महासंघ आन्दोलनको तयारीमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरू राजनीतिक दलमा आवद्ध भएको प्रमाणित भए कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ।

शिक्षामन्त्री सुमना श्रेष्ठले मंगलबार दिउँसो राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गरी फर्किएलगत्तै दलमा आबद्ध शिक्षक र कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेकी छन्।

योसँगै उक्त निर्णयले मन्त्रीलाई कतिको असर पार्न सक्छ भन्ने विषयमा नयाँ बहस सुरू भएको छ। मन्त्रीको निर्णयलगत्तै शिक्षक महासंघले विज्ञप्ति जारी गरी सो विषयमा बहस चलाएको जनाएको छ।

संविधानको धारा १८ तथा धारा ३४ द्वारा प्रदत्त संवैधानिक हकविरुद्ध विचार व्यक्त गर्ने राज्यको ऐन कानुनबमोजिम सङ्गठित शिक्षक कर्मचारीका पेसागत संस्था तथा आम शिक्षक–कर्मचारीको मानमर्दन तथा तेजोबध गर्ने, कानुनी व्यवस्था र आधिकारिक संस्थासँगभन्दा निजी इच्छा र लहडअनुसार सहकार्य, छलफल तथा संवाद गर्नेजस्ता कार्य हुन थालेको महासंघले आरोप लगाएको छ। नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077