Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेश

धनगढी । सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

बिहीबार दिउँसो उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा मुख्यमन्त्रीमा दाबी परेका गरेका हुन् ।

वैशाख ४ गते साँझ ६ बजेतिर स्पष्ट बहुमत नरहेको भन्दै सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा बहुमत जुटाएर दाबी पेस गर्न आह्वान गरेका थिए। सोडारीले अन्तिम दिन दाबी पेस गरेका हुन्।

साेडारीले नेकपा माओवादीका १०, एमालेका १०, नागरिक उन्मुक्त‍िका २, स्वतन्त्र १ र एकीकृत समाजवादी पार्टीका ४ जना सासंदको लिखित सर्मथन जुटाएर मुख्यमन्त्रीका लागि दावी पेस गरेका हुन्।

यसअघि प्रदेश प्रमुखले वैशाख २ गते भित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान् गरेका थिए। सो दिन नागरिक उन्मुक्ती पार्टीबाट दुुई जनाले स्पष्ट बहुुमत आफूसंग भएको भन्दै मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए।

प्रदेश प्रमुख मियाँले दुबै दाबीका आधारमा निश्कर्षमा पुग्न नसकिएको भन्दै पुन: मुख्यमन्त्रीमा दाबी आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077