Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागूऔषध खैरो हिरोइनसहित दुई कारोबारी पक्राउ

धरान । लागूऔषध खैरो हिरोइनसहित प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ ।

सुनसरीको कोशी गाउँपालिका-१ स्थित भन्सार टोलबाट उनीहरू पक्राउ परेका हुन् ।

पकाउ पर्नेमा रामधुनी गाउँपालिका-३ का ३१ वर्षीय सबिन चौधरी र कोशी गाउँपालिका-१ का १९ वर्षीय रन्जनकुमार यादब रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग गरिएको प्रदेश १-०२-०४७ प ४४६९ नम्बरको मोटरसाइकल र १ ग्राम २ मिलिग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077