Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस सांसद राईले भने - केदार कार्कीको नेतृत्वमा सर्वदलीय सरकार बनाऔं

विराटनगर । नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशमा केदार कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन दलहरुलाई आग्रह गरेका छन् ।

शुक्रबार संसद बैठकमा भएको संकल्प प्रस्ताव माथि विचार राख्ने क्रममा सांसद राईले यस्तो बताएका हुन् । उनले कोशीका मुख्यमन्त्री केदार कार्कीलाई सर्वदलीय सरकार बनाउन बाटो खोलिदिन आग्रह गरे ।

कार्कीकै नेतृत्वमा सर्वदलीय सरकार बनाउने विकल्प रहेको उनले सुनाए। सांसद राईले संकल्प प्रस्ताव फिर्ता लिन विपक्ष दललाई आग्रह गरे ।

मुख्यमन्त्री कार्कीलाई आग्रह गर्दै भने, ‘सर्वदलीय सरकार बनाउन मार्ग प्रशस्त गरिदिनुस् । मुख्यमन्त्रीकै नेतृत्वमै को को मन्त्री खान चाहनुहुन्छ ? आउनुस् ।कम्युनिस्ट साथीहरु शब्दमा खेल्न निक्कै माहिर हुनुहुन्छ । मुख्यमन्त्रीलाई हटाउन संकल्प प्रस्ताव भन्दा पनि यो प्रदेशको विकास, समृद्धि कसरी ल्याउन सकिन्छ भनेर संकल्प प्रस्ताव ल्याउनुभएको भए सुनमा सुगन्ध हुने थियो ।’

कांग्रेसका मन्त्री हटाएर अन्य दलबाट मन्त्री बनाउन तयार रहेको सांसद राईले बताए । २७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन २६ चैतमा एमाले र माओवादी केन्द्रले फिर्ता लिएका थिए ।

समर्थन फिर्ता लिँदै उनीहरूले प्रदेश सभाको अधिवेशन माग गरेका थिए । समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कार्की राजीनामा नदिने र विश्वासको मत पनि नलिने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077