Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजीमा काम नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गरे कारवाही गर्ने चेतावनि दिएको छ ।

बिदा स्वीकृत गराएर वा नगराएर निजी स्वास्थ्य संस्थामा पूर्णकालीन काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूलाई कारबाही गर्ने मन्त्रालयले चेतावनि दिएको हो ।

मन्त्रालयले बिदा स्वीकृत गराएर वा नगराएर कर्मचारी तथा स्वास्थ्यकर्मी निजी स्वास्थ्य संस्था तथा विदेशी संस्थामा पूर्णकालीन रुपमा कार्यरत रहेको गुनासो आएपछि निगरानी बढाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीद्धारा जारी अपीलमा भनिएको छ,‘प्रचलित कानून र विधिको प्रतिकूल हुनेसम्बन्धी कार्यमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीहरूलाई संयमित तथा कानूनसम्मत क्रियाकलाप गरिदिनुहुन मन्त्रालय हार्दिक अनुरोध छ ।'

यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानून र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077