Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्।

एमालेले शनिबारदेखि पहिलोपटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने बताएको हो ।

प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना आयोजक गरी २ हजार ४ सय ५४ जना सहभागी हुने जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‌को प्रथम बैठक वैधानिक हिसाबले सबभन्दा ठूलो औपचारिक फोरम रहेको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077