Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एमाले प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना सहभागी हुने

    एमाले प्रतिनिधि परिषद्को बैठकमा २ हजार ४५४ जना सहभागी हुने

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 192
    SHARES

    काठमाडौं । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने भएका छन्।

    एमालेले शनिबारदेखि पहिलोपटक गर्न लागेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार ४ सय ५४ जना सहभागी हुने बताएको हो ।



    प्रतिनिधि परिषद् बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यहरू २००३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् सदस्य बाहेकका ३८१ जना आयोजक गरी २ हजार ४ सय ५४ जना सहभागी हुने जनाएको छ।



    अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

    बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌का तर्फबाट प्रतिवेदनहरू प्रस्तुत हुनेछन्।

    राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्‌को प्रथम बैठक वैधानिक हिसाबले सबभन्दा ठूलो औपचारिक फोरम रहेको एमालेले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार