Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

पोखरा। गण्डकी प्रदेशसभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ ।

सभामुख कृष्णप्रसाद धितालले अधिवेशन सुरू भएको जानकारी गराएर अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको बताएका हुन् ।

नेपाली कांग्रेसले बहिस्कार गरेपछि प्रतिपक्षी दल अनुपस्थित रहेको बताउँदै जीवनाषक विधेयक पेश गर्ने कार्यसूचीबाट हटाएर संसद स्थगित गरिएको हो।

बैठकमा कांग्रेस र राप्रपाका सांसद उपस्थित थिएनन् । बैठकमा राष्ट्रियगानको धुनसँगै सहिदप्रति एक मिनेट मौन धारण गरिएको छ भने प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइएको थियो ।

बैठकमा एमाले, माओवादी र स्वतन्त्र सांसद मात्रै उपस्थित थिए । आजको बैठकमा जीवनाशक विषादी व्यवस्थापन गर्ने विधेयक टेबुल गर्ने कार्यसूची थियो ।

कांग्रेसले औपचारिक रुपमै बैठकमा सहभागी नहुने जानकारी गराएको थियो भने राप्रपाले कुनै जानकारी गराएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077