Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माधव नेपालले भने - हामीसँग सत्ता उल्ट्याउने क्षमता छ, कमजोर नठान्नू

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूसँग सत्ता उलटफेर गर्नसक्ने क्षमता रहेको भन्दै कमजोर नठान्न चेतावनी दिएका छन् ।

गृह जिल्ला रौतहटको सदरमुकाम गौर नगरपालिका–२ स्थित लालबकैया नदीमा निर्मित झुलुङ्गे पुलको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनि दिएका हुन्।

एकीकृत समाजवादीलाई सानो दल वा कमजोर ठान्ने भुल ग¥यो भने त्यो सह्य नहुने चेतावनी पनि नेपालले दिए ।

अध्यक्ष नेपालले भने,‘हामी र हाम्रो दल कसैको दास भएर कसैको इशारामा हिँड्दैनौँ । हामी स्वाभिमानी छौँ र आफ्नै मूल्य–मान्यता अनुसार अगाडि बढेका छौँ ।’

उनले सुदूरपश्चिममा ४ सिट हुँदा पनि आफ्नै पार्टीको मुख्यमन्त्री रहेको जिकिर गर्दै बागमती, मधेससहितका प्रदेशमा नेकपा एकीकृत समाजवादीको सहभागिता विना सरकार बनाउने कल्पनासमेत गर्न नसकिने प्रस्ट पारे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077