Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना प्रहरी फन्दामा

वीरगन्ज । वीरगन्जको आदर्शनगरस्थित एक मलबाट स्रोत नखुलेको ठूलो रकम सहित दुईजना पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका–६ स्थित रुंगटा मार्केट भित्रबाट शुक्रबार दिउँसो स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँसहित दुईजना पक्राउ परेका हुन् ।

वडा प्रहरी कार्यालय विर्ताको टोलीले स्रोत नखुलेको २२ लाख ५ हजार रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले मल भित्र रहेको आईएमईमा छापामारी पैसा सहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाको पहिचान भने प्रहरीले खुलाएको छैन । उनीहरुमाथि थप सोधपुछ भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077