Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

    चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

    अनलाइन नेपाल
  • शनिबार, ८ बैशाख २०८१
  • 231
    SHARES

    एजेनसी । एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका दुई ठूला एप हटाइदिएको छ ।

    एप्पलले आफ्नो एप स्टोरबाट मार्क जुकरबर्गको ह्वाट्सएप र थ्रेड्सलाइ हटाइदिएको हो । एप्पलले मेटाका यी दुवै लोकप्रिय एप्सलाई चीनभित्र सञ्चालन हुने एप स्टोरबाट हटाएको जानकारी दिएको छ ।



    एप्पलले चिनियाँ सरकारको निर्देशनमा यस्तो गरेको बताएको छ । चिनियाँ सरकारले एप्पललाई आफ्नो एप स्टोरबाट यी दुई मेटा एप ह्वाट्सएप र थ्रेड हटाउन आदेश दिएको थियो ।



    चीनको यो आदेशपछि पनि एप्पलले यस्तो कदम उठाएको हो । एप्पलले शुक्रबार नियाँ एप स्टोरबाट व्हाट्स एप र थ्रेड हटाउने जानकारी दिए पछि नयाँ तरंग उत्पन्न भएको छ।

    चिनियाँ सरकारले एप्पललाई आफ्नो देशको सुरक्षाको कारण देखाउँदै यी एपहरू हटाउन आदेश दिएको थियो।

    तर, मेटाका अन्य तीन एप इन्स्टाग्राम, फेसबुक र मेसेन्जर अझै पनि चीनमा काम भने गरिरहेका छन् । यी तीन एपका साथै एलन मस्कको माइक्रो ब्लगिङ साइट एक्स र युट्युब पनि चीनमा काम गरिरहेका छन् ।

    पछिल्लो रिपोर्ट अनुसार एप्पलले आफ्नो बयानमा भनेको छ, ‘चीनको साइबर स्पेस प्रशासनले एप स्टोरबाट ह्वाट्सएप र थ्रेडहरू हटाउन आदेश दिएको छ।’

    यसबारे मेटाबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । अर्कोतर्फ चीनको सरकारी विभागले पनि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार