Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालका ६ खेलाडीले मलेसियाको सुपर वुमेन्स कप खेल्ने

काठमाडौं । नेपालका ६ जना महिला क्रिकेटरले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार इन्दु बर्मा, रूबिना क्षेत्री, सिता राना मगर, पुजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यले मलेसियाको सुपर वुमेन्स कप खेल्ने भएका हुन्।

मलेसिया क्रिकेट संघले आयोजना गर्ने उक्त प्रतियोगिता आगामी अप्रिल २४ देखि मे ५ सम्म चल्नेछ।

नेपाली महिला क्रिकेटरले कुन टिमबाट खेल्ने भन्ने विषय भने क्यानले खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077