Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै यहाँसम्म आइपुग्यौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थिति आइपुगेको बताएका छन्।

राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ओलीले षडयन्त्रपूर्ण घेराबन्दीलाई चिर्न सफल भएको बताए ।

अध्यक्ष ओलीले भने,‘एमालेलाई सरकारबाट षड्यन्त्रपूर्णरूपमा विस्थापन गर्न घेराबन्दी गर्ने, पार्टीविरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमण गरेर पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिरेर हामी आजको अनुकूल स्थितिमा आइपुगेका हौं।’

एमालेको दशौं महाधिवेशन र त्यसभन्दा अगाडि पार्टी विभाजनलगत्तै ठूलो घेराबन्दी भएको उनले बताए । पार्टी विभाजन र सरकारबाट हटाउने प्रयत्न भएको २०७७ साल एमालेको लागि चुनौतीका वर्ष भएको ओलीले बताए ।

आजको दिनमा पनि चुनौती समाप्त नभएको भन्दै उनले एमालेको अग्रसरतामा स्थायित्व र सुशासन दिनेगरी अगाडि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077