Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - लोकतन्त्रको विकल्प राजतन्त्र हुनै सक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजतन्त्र फर्काउन खोज्ने कुनैपनि प्रयास सफल नहुने बताएका छन् ।

पार्टीको महाधिवेशन प्रतिनिनिध परिषद् बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन्।

उनले आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट बिस्थापित राजतन्त्र पुनर्स्थापना नहुनेमा ढुक्क हुन समेत आग्रह गरे ।

अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्र विकल्प निरंकुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै नसक्ने जिकिर समेत गरे ।

अध्यक्ष ओलीले भने,‘आजको लोकतान्त्रिक युगमा पनि जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने र आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट बिस्थापित राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन । यसमा हामी ढुक्क भए हुन्छ ।'

उनले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका बीचमा पनि सकारात्मक शक्तिहरुलाई गोलबन्द गर्दै स्थायित्वका लागि प्रयास गर्नु, राष्ट्रियताका आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई अगाडि बढाउन एमालेले प्रभावकारी भुमिका खेल्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077