Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहकारी ठगीमा गृहमन्त्री संलग्न रहेको प्रमाणसहित सदनमा उपस्थित हुँदैछौं : महामन्त्री शर्मा

इलाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब बस्ने प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा प्रमाणसहित उपस्थित हुने बताएका छन् ।

इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् ।

उनले कांग्रेस सरकारबाट हटेपछि सहकारी ठगी प्रकरणको अनुसन्धान रोकिएको बताए ।

अहिले उठेको मुद्दा गृह मन्त्रालयसँग सम्बन्धित नभएको भन्दै उनले संसदीय छानबिन समिति बनाउनु अहिलेको आवश्यकता रहेको बताए ।

उनले अब संसद बस्दैगर्दा कांग्रेस प्रमाणका साथ उभिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077