Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनको हवाइ आक्रमणबाट तीन जनाको मृत्यु

एजेन्सी । युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमणबाट रूसी इन्धन डिपोमा आगो लागेको छ।

रूसको बेल्गोरोड क्षेत्रका गभर्नर भासिली एनोखिनलले युक्रेनको सीमापार आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको र युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रूसी आक्रमणमा परी दुई जनाको मृत्यु भएको बताएका हुन् ।

किएभले रूसको सैन्य–औद्योगिक परिसरलाई खुवाउने ऊर्जा पूर्वाधारका लागि ‘ठूलो आकारको’ ड्रोन आक्रमण गरेको थियो ।

रूसको रक्षा मन्त्रालयले रातिमा आएका ५० वटा युक्रेनी ड्रोनलाई रोकेको जनाएको छ । रोकिएका ड्रोनमध्ये केही राजधानी मस्को नजिकैको सीमाबाट सयौँ किलोमिटर टाढा रहेका छन् ।

रूसको पश्चिमी स्मोलेन्स्क क्षेत्रको एक इन्धन डिपोमा ठूलो आगलागी भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

हालैका महिनाहरूमा रूसी तेल र ग्याँस सुविधाहरूमा युक्रेनी आक्रमणहरू बढेका छन् भने यसलाई युक्रेनले रूसको युद्धलाई बढावा दिन प्रयोग गरिएको पूर्वाधारमा ‘निष्पक्ष’ प्रतिशोधको भाग भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077