Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने, प्रतिनिधिसभाबाट पारित भयो प्रस्ताव

एजेन्सी । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ ।

अमेरिकी प्रतिनिधि सभामा मतदान भएको राहात प्रस्तावअन्तर्गत युक्रेनले ६१ अर्ब डलरसँगै इजरायलका लागि २६ अर्ब ४० करोड, ताइवानसहित इन्डो प्यासिफिक क्षेत्रले आठ अर्ब १० करोड डलर बराबरको रकम र सैन्य सहयोग पाउने भएका हुन् ।

अमेरिकाले राहत प्याकेज चाँडै पारित नगरेमा रुसले युक्रेनमाथि विजय प्राप्त गर्न सक्ने र यो अमेरिका र युरोपका लागि खतरनाक हुने युक्रेनले चेतावनी दिइरहेको थियो ।

अहिले मिसाइल र हवाई हमला प्रतिरक्षा प्रणाली अभाव हुँदै गएपछि युक्रेनमाथि रुस हावी हुँदै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077