Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • तालाबन्दीका कारण १५ सय विद्यार्थीको भविष्य अन्योल

    तालाबन्दीका कारण १५ सय विद्यार्थीको भविष्य अन्योल

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 294
    SHARES

    ललितपुर । पाटन संयुक्त क्याम्पसमा एक महिनादेखि तालाबन्दी हुँदा करिब १ हजार ५ सय विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन्।

    क्याम्पस प्रमुख लक्ष्मणसिंह कुँवरलाई प्रवेश निषेध लेखेको ब्यानर मूल गेटमा राखेर आन्दोलन थालेका संयुक्त विद्यार्थी संगठनले माग पूरा नभएसम्म ताला नखोल्ने अडानका कारण विद्यार्थीको भविष्य अन्योल हुने भएको छ । यही १६ गतेबाट स्नातक तह दोस्रो वर्षको परीक्षा हुँदै छ।



    तालाबन्दी नखुल्दा स्नातक तह मानविकी, व्यवस्थापन र विज्ञान संकाय दोस्रो वर्षका विद्यार्थीहरू परीक्षा फाराम भर्नबाट वञ्चित भएका छन् ।



    त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनलाइन फारम मात्र स्वीकार गर्ने भएकाले क्याम्पसको परीक्षा, प्रशासन, लेखालगायत सबै शाखा बन्द हुँदा विद्यार्थीले फाराम भर्न नपाएको क्याम्पस प्रशासनले जनाएको छ । फाराम भर्न परीक्षा शुल्क लिने अनलाइनबाटै व्यवस्था छ ।

    क्याम्पसका स्ववियु कोषाध्यक्ष तिलक कुमालले संयुक्त, विद्यार्थीको नाममा तीन विद्यार्थी संगठनले पूरा भइसकेका माग राखेर आन्दोलन गरेका कारण विद्यार्थीलाई समस्या परेको हो ।

    विद्यार्थी संगठनले केही सक्कली र अधिकांश नक्कली माग राखेर क्याम्पस प्रमुखमाथि अनुचित दबाब दिन थालेका छन्। नेपाल समाचारपत्रबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार