Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने

काठमाडौं । शनिवारबाट शुरू भएको सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ ।

बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजसम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी रहेको एमालेले जनाएको छ ।

शनिवारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसपछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077